एनआरएनए यूकेको आर्थिक घोटाला छानबिन विवाद पुग्यो अदालत

SHARE:

लन्डन चैत २९ । गैरआवासी नेपाली संघ (एनआरएनए) यूके आर्थिक घोटाला छानबिन विवाद अदालत पुगेको छ ।

एनआरएनए यूके कार्यसमितिको बहुमतले गठन गरेको आर्थिक छानबिन समितिले प्रतिवेदन सार्वजनिक गरेको एक साता नबित्दै चार उपाध्यक्षहरुले जारी राखेको कानुनी लडाइ अदालत प्रवेश गरेको हो । उपाध्यक्षहरु प्रेम गाहामगर, रामचन्द्र पोखरेल, मोहन कार्की, नारायण कँडेल, पूर्वउपाध्यक्ष शेर सुनार र इंग्ल्याण्ड राज्य समन्वय परिषद् उपाध्यक्ष लालबहादुर गुरुङले संस्थामा भएका आर्थिक अनियमितता छानबिन गर्न कानुनी प्रक्रिया अघि बढाएका थिए । उनीहरुकै उजुरीका आधारमा ७ अप्रिलमा काउन्टी कोर्टमा आर्थिक अनियमितताको मुद्दा दर्ता भएको एनआरएनए यूके उच्च स्रोतले जनाएको छ ।

आर्थिक मुद्दा अदालतमा गएपछि अध्यक्ष पुनम गुरुङले छिट्टै कार्यसमिति बैठक बोलाउने तयारी गरेकी छन् । संस्थापन पक्षले पनि चार उपाध्यक्षहरुका विरुद्ध कानुनी लडाइँका लागि ग्रीनवीच सोलिसिर्टससँग परामर्श गर्ने जिम्मा अध्यक्ष गुरुङलाई दिएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!