राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाको उपस्थितिमा अन्तरक्रिया : नेपाल सरकारबाट प्रस्तावित गैरआवासीय नेपाली ऐन छिट्टै लागू हुने

SHARE:

लिलामान शेरपुन्जा
लन्डन चैत २९ । नेपाली नागरिकता निरन्तरता र प्रस्तावित गैरआवासीय नेपाल नागरिकता ऐन सम्बन्धमा विश्वभरि छरिएर बसेका नेपालीलाई सहज रुपमा जानकारी होस् भन्नका लागि बेलायतमा अन्तर्क्रिया कार्यक्रम सम्पन्‍न भएको छ ।

नेपाल सरकारले गैरआवासीय नागरिकता ऐन तयार पारी सम्बन्धनका लागि संसद्‌मा दर्ता भइसकेको अवस्थामा प्रवासी नेपाली एकता मञ्‍च बेलायतले नेपाल सरकारका आधिकारिक व्यक्तित्वहरुलाई आमन्त्रण गरी अपुग सुझाव दिनका लागि उपयुक्त समय रहेको बताएको छ ।

आइतबार अप्रील ११, २०२१ मा सम्पन्‍न अन्तरक्रिया कार्यक्रमका लागि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, पूर्वकानुनमन्त्री एवं सांसद शेरबहादुर तामाङ, कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेल, एनआरएनए अन्तर्राष्ट्रिय समितिका महासचिव डा हेमराज शर्मा तथा एनआरएनए बेलायतकी अध्यक्ष पुन गुरुङ प्रमुख अतिथि एवं विशेष अतिथिका रुपमा उपस्थिति थिए ।

नेपाल सरकारले आगामी बजेट भाषणको समयताका यो ऐन पारित हुने हुँदा तपाईंहरुलाई अशुभ लाग्ने धारा, दफाहरु कानुन विधेयकमा शेरबहादुर तामाङ तथा सांसद कृष्णभक्त पोखरेललाई जानकारी गराउन अनुरोध गर्दै सबै गैरआवासीयहरुलाई ढुक्क रहन अध्यक्ष तिमिल्सिनाले आफ्नो मन्तव्यमा राखेका थिए ।

त्यस्तै गैरवासीय सम्बन्धमा ऐन बनाउनका लागि सुरुदेखि नै खटिरहेका पूर्वकानुनमन्त्री तामाङले पनि गैरआवासीय नेपालीप्रति सम्मान व्यक्त गर्दै ऐनका लागि कुनै पनि बाधक नबन्ने बताएका थिए भने कहींकतै बाधा वा अप्ठेरो परे सुझाव दिन अनुरोध गरेका थिए । यो पछिल्लो समयमा सरकारकै तर्फबाट ऐन बनाउने काममा लाग्नु भएका कानुनविद् पोखरेलले पनि गैरआवासीय नागरिकलाई आर्थिक, सांस्कृतिक र सामाजिक अधिकारसहितको नागरिकता दिइएको उल्लेख रहेको भन्दै अझै थप बाँकी रहे वा चाहेमा थप्न सकिने बताए ।

संसद्मा दर्ता भएको विधेयकका बारे बुँदागत रुपमा व्याख्या र सुझाव दिने काम एनआरएनए अन्तर्राष्ट्रिय समितिका महासचिव डा.शर्माले गरेका थिए । एनआरएनए बेलायतका अध्यक्ष पुनम गुरुङले पर्वतारोही निर्मल पुर्जा, नेपाललाई स्वर्णपदक दिलाउने खेलाडी गौरिका सिंहजस्तालाई सम्झँदै नेपालले पाठ सिक्नु पर्ने बताएकी थिइन् ।

अमेरिका जापान, हङकङ, इजरायल, अष्ट्रेलिया, यूएई, बेल्जियम, पोर्चुगल, अष्ट्रिया डेनमार्क, पोल्यान्ड, चेक रिपब्लिक, आयरल्यान्ड आदिबाट पनि ऐनआरएनएका अध्यक्ष एवं प्रवासी नेपाली मञ्‍चका प्रमुखहरुले भाग लिँदै अतिथिहरुलाई आ आफ्ना सुझावहरु दिएका थिए । ब्लायतमा रहेका सामाजिक अगुवाहरुको पनि बाक्लो उपस्थिति थियो । प्रवासी नेपाली मञ्‍च बेलायतका अध्यक्ष भक्त गुरुङले अध्यक्षता गरेको सो कार्यक्रमका लागि महासचिव सुरेशजंग शाहीले स्वागत मन्तव्य दिएका थिए । अन्तरक्रिया कार्यक्रमको संयोजक एवं उपमहासचिव डा मुकुन्द बास्तोलाले कार्यक्रम सञ्‍चालन गरेका थिए ।

एकपटकको नेपाली नागरिक सदाका नेपाली नागरिक भन्‍ने मूल नारा बोकेर हिँडेका गैरआवासीय नेपाली नागरिकहरु यो ऐनले तर्सिएको बेला यै कार्यक्रमले केहि राहत मिलेको जानकारहरुले बताएका छन् । जुमको व्यवस्थापनका लागि बुद्धिजीवी यादव श्रेष्ठ, रामशरण सिंखडा, दिनेश घिमिरेले सहयोग गरेको कार्यक्रममा पत्रकारहरुको पनि उपस्थिति थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!