चितवन ट्र्याक्टर दुर्घटनामा पाँचको मृत्यु, १९ घाइते

SHARE:

चितवन, २९ चैत । राप्ती नगरपालिका–११ आमपानीस्थित चिउँडे खोलामा ट्र्याक्टर दुर्घटना हुदा पाँच जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार थाकलटारबाट ढलानको काम गर्ने मजदुर बोकेर चिउँडे खोलातर्फ जाँदै गरेको ना १ त ६३८२ नम्बरको ट्र्याक्टर आज साँझ ७:३० बजे पुलबाट झण्डै २०० मिटर तल खसेको हो ।

घाइतेको उद्धार गरी अस्पताल ल्याइएकामध्ये पाँचको मृत्यु भएको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए । घाइतेको भरतपुर अस्पताल र पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये आठको अवस्था गम्भीर रहेको उनले जानकारी दिए ।

घाइतेको सङ्ख्या थपिन सक्ने प्रहरीको अनुमान रहेको छ । मृतकको थप विवरण आउन बाँकी रहेको थापाले जानकारी दिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!