मतदाता नामावलीमा नाम दर्ता गराउन निर्वाचन आयोगको आह्वान

SHARE:

काठमाडौं चैत ३१ ।

मतदाता नामावलीमा नाम दर्ता गर्न बाँकी रहेकाहरुलाई जिल्ला निर्वाचन कार्यालयमा गएर दर्ता गराउन निर्वाचन आयोगले आह्वान गरेको छ ।

आयोगले मंगलबार विज्ञप्ति जारी गर्दै मुलुकका ७७ वटै जिल्ला निर्वाचन कार्यालयबाट फोटोसहितको मतदाता नामावली संकलन भइरहेकाले मतदाता नामावली ऐन, २०७३ अनुसार योग्यता पुगेका नेपाली नागरिकले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउन आह्वान गरेको हो ।

आयोगले भर्खरै नेपाली नागरिकताको प्रमाणपत्र लिएकाहरुले पनि जिल्ला निर्वाचन कार्यालयमा गई नाम दर्ता गराउन अपिल गरेको छ । आयोगले सर्वसाधारण नागरिकलाई मतदाता नामावलीमा नाम दर्ता गराउनका लागि आवश्यक मात्रामा सहजीकरण गरिदिन जिल्लास्थित राजनीतिक दलका संगठन र प्रतिनिधिहरुलाई आग्रहसमेत गरेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!