नयाँ वर्षको अवसरमा बीसीसी युकेले आयु पुजा गर्दै

SHARE:

लण्डन चैत ३१ ।

बुद्धिष्ट कम्युनिटी सेन्टर बीसीसी युकेले धार्मिक पूजापाठ गर्दै नयाँ वर्ष विक्रम सम्बत् २०७८ साललाई स्वागत गर्ने भएको छ ।

आगामी बुधबार दिउँसो २ बजे विक्रम सम्वत २०७८ लाई बौद्ध परम्परामा अत्यन्त महत्व राख्ने आयू पूजाको आयोजना गरी स्वागत गर्न लागिएको हो । विश्वभर छरिएर रहेको प्रत्येक मानव जातिको सुख, शान्ति, सुस्वास्थ्य, दिर्घायूको कामनासहित गुम्बा परिसरभित्र उक्त आयू पूजासहित दीप प्रज्ज्वलन गर्न लागिएको बीसीसी युकेले जनाएको छ ।

करीब २ घण्टासम्म संचालन हुने उक्त पूजामा भर्चुअल जुम रुपमा सहभागी हुन चाहने, दीप प्रज्ज्वलन गर्न चाहने र गुरु दक्षिणा प्रदान गर्न चाहने व्यक्तिले बीसीसीका पदाधिकारी तथा सदस्य वा कार्यालयमा सम्पर्क गर्न बीसीसी युकेले अनुरोध गरेको छ ।

आफ्नो भाषा, कला, धर्म र संस्कारको संरक्षण तथा सम्वर्धन गर्दै बौद्ध शिक्षा तथा दर्शनलाई फैलाउने उद्देश्य अनुरुप स्थापना भएको बीसीसी युकेले थुप्रै च्यारिटीमूलक कार्यहरु गर्दै आएको छ । साथै, उक्त पूजाबाट बचत भएको रकम समेत च्यारिटीमूलक कार्यमा खर्च गरिने बीसीसी युकेले जनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!