इंग्ल्याण्डमा ४५ वर्ष माथिकालाई कोरोना खोप दिन शुरु

SHARE:

लण्डन चैत ३१ ।

 

इंग्ल्याण्डमा ४५ वर्ष माथिका सबैको लागि कोभिड खोप दिन शुरु गरिएको छ ।

५० वर्ष उमेर कटेका तथा स्वास्थ्यमा उच्च जोखिम रहेका सबैलाई खोपको पहिलो डोज दिइएपछि अब ४५ माथिको उमेर समूहलाई पनि खोप बांड्न थालिएको हो । ४५ वर्षमाथि उमेर हुनेहरुले ‘एनएचएस इंग्ल्याण्डको वेबसाइट’ मार्फत् खोपको लागि अपोइन्ट्मेन्ट बुक गर्न सक्नेछन् ।

बेलायत सरकारले आउंदो जुलाईको अन्त्यसम्ममा सबै वयस्कलाई खोप दिने लक्ष्य राखेअनुसार नै अहिले ४५ वर्ष माथिको उमेर समूहलाई खोप दिन शुरु गरिएको हो । सरकारले खोपको लागि उच्च प्राथमिकतामा राखेका विभिन्न ९ समूहका सबैलाई अप्रिल १५ भित्र खोपको पहिलो डोज दिने लक्ष्य पूरा गरेको छ ।

यससंगै अब ५० वर्षमुनिका स्वस्थ मानिसहरुलाई पनि खोप दिन थालिएको छ । बेलायतकै वेल्स र नर्दन आयरल्यान्डमा भने ४० वर्ष माथिका सबैलाई खोप दिन शुरु गरिसकिएको छ । बेलायतमा हालसम्म ३ करोड २० लाख बढीले कोभिड खोपको पहिलो डोज पाइसकेका छन् । दुवै डोज पाउने पनि ७० लाख बढी पुगेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!