माओवादीले समर्थन फिर्ता नलिएसम्म नयाँ सरकारको सम्भावना छैन: देउवा

SHARE:

नुवाकोट वैशाख ५ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता नलिएसम्म नयाँ सरकार गठनको सम्भावना नरहेको बताएका छन्।

नुवाकोटका साहित्यकार श्रीराम श्रेष्ठद्वारा लिखित पुस्तक ‘नेपाली जनजातीय संस्कार र संस्कृति’ पुस्तकको आज विमोचन गर्दै उनले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएसम्म नयाँ सरकार गठन नहुने स्पष्ट पारे । माओवादीले अविश्वासको प्रस्ताव फिर्ता लिएमा कांग्रेसले सरकार गठन गर्न अग्रसरता लिने उनको भनाइ थियो । सभापति देउवाले संस्कृतिसम्बन्धी श्रेष्ठको पुस्तक शोधकार्यका लागि महत्वपूर्ण, पठनीय र सङ्ग्रहणीय भएको पनि बताए।

कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले नेपाल सांस्कृतिक हिसाबले विविधतापूर्ण र सम्पन्न देश भएकाले यहाँ रहेको सांस्कृतिक पक्षको खोज-अनुसन्धान अझै गरिनुपर्ने बताए। कांग्रेस केन्द्रीय सदस्य बहादुरसिंह लामाले विविधतापूर्ण समाजको विविध संस्कृतिलाई एकै ठाउँमा उतार्नु भनेको चानचुने कुरा नभएको जनाउँदै यस्तो महत्वपूर्ण ग्रन्थलाई विश्वविद्यालयको पाठ्यक्रममा स्थान दिनुपर्ने सुझाव दिए।

लेखक श्रेष्ठको पुस्तकमा आठपहरिया, राई, कुमाल, गुरुङ, चेपाङ, तामाङ, थारू, दनुवार, दराई, धिमाल, पहरी, बराम, बलामी, मगर, माझी, मेचे, राउटे, राजवंशी, शेर्पा, सतार र हायु जातिका संस्कार तथा संस्कृतिका विषयमा अनुसन्धानमूलक लेख रहेका छन् । पाँच सय १२ पृष्ठको उक्त पुस्तकलाई आकृति प्रकृति प्रकाशनले बजारमा ल्याएको हो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!