काठमाडौं वैशाख ६ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १२ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ८ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा ७ हजार १ जनामा गरिएको पीसीआर परीक्षणमा १२ सय २७ र ५ सय ४७ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५४ जना गरी १२८१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार जनाएको छ ।
अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ३०९१ पुगेको छ । हाल ७ हजार २ सय ५४ संक्रमित आइसोलेसन र ८१ जना क्वारेन्टिनमा रहेका छन् । देशमा कोरोना संक्रमितको कुल संख्या दुई लाख ८५ हजार ९०० पुगेको छ ।
निको हुनेको संख्या दुई लाख ७५ हजार ५५५ पुगेको छ । अहिले चलिरहेको कोरोना महामारीमा बालबालिका पनि संक्रमित हुन थालेका छन् ।






