सार्वजनिक यातायातका यात्रु र चालकलाई मास्क अनिवार्य, परीक्षाहरु नरोकिने

SHARE:

काठमाडौं वैशाख ६ ।

सरकारले सार्वजनिक यातायातका यात्रु र चालकलाई मास्क अनिवार्य गरेको छ ।

मन्त्रिपरिषद् बैठकले अबदेखि मास्क नलगाए सार्वजनिक यातायात चढ्न नपाइने निर्णय गरेको हो । निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सूचना तथा प्रविधि मन्त्री पार्वत गुरुङले मास्क नलगाएका यात्रु सार्वजनिक सवारीभित्र प्रवेश गरेमा बढीमा १० रुपैयाँ लिएर चालक तथा सहचालकले नै मास्क उपलब्ध गराउनुपर्ने निर्णय भएको जानकारी दिए।

यस्तै गाडी सम्बन्धित ठाउँमा नपुग्दासम्म बीचमा यात्रु चढाउन नपाइने व्यवस्था पनि गरिएको छ । यस्तै पूर्व निर्धारित परीक्षाहरु नरोक्ने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ । पूर्व निर्धारित परीक्षाहरु स्वास्थ्य मापदण्ड अपनाएर सुचारु गर्ने निर्णय गरेको मन्त्री गुरुङले जानकारी दिए ।

देशका प्रमुख शहरहरूका शैक्षिक संस्थाहरु बैशाख महिनाभर भौतिक रुपमा बन्द गर्ने तर वैकल्पिक माध्यमबाट पठनपाठन सुचारु गर्ने निर्णय गरेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!