काठमाडौं वौख ७ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभरका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा १६ सय ६७ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए।
८ हजार ५५ जनाको पीसीआर र ६८३ को एन्टिजेन परीक्षण गरिएको उनले जानकारी दिए । यसैगरी काठमाडौँ ५५०, ललितपुर १०५ र भक्तपुरमा ३५ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ । योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ८७ हजार ५६७ पुगेको छ ।
यसैगरी २४ घण्टामा २५१ जना डिस्चार्ज भएका छन् । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७५ हजार ८०६ पुगेको छ । निको हुनेको दर ९५.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप ११ कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार १०२ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।






