काठमाडौं वैशाख ८ ।

नेपालमा बुधबार २ हजार ३ सय ५१ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
जसमध्ये उपत्यकाभित्रका मात्रै एक हजारभन्दा बढी रहेको स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले जनाएको छ । ८ हजार ८४४ जनाको पीसीआर र ८०३ जनाको एन्टिजेन परीक्षण गराउँदा २३ सय ५१ जनामा कोरोना पुष्टि भएको हो ।
पीसीआर परीक्षणबाट २२ सय २० जना र एन्टिजेन परीक्षणबाट ११ सय ३१ जनागरी २३ सय ५१ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए । मन्त्रालयका अनुसार १० हजार ५८२ जना कोरोनाका सक्रिय संक्रमित छन् । यस्तै पछिल्लो २४ घन्टामा २८७ जना कोरोनामुक्त भएका छन् । बुधबार १८० जना आइसीयूमा र ४७ जना भेन्टिलेटरमा उपचारत छन् ।
कोरोना संक्रमित मध्ये काठमाडौं उपत्यकामा मात्रै ११ सय ५१ जना कोरोना संक्रमित थपिएका छन् । भक्तपुरमा ८४, ललितपुरमा १८१ र काठमाडौंमा ७८६ गरी १ हजार ५१ जनामा संक्रमण देखिएको मन्त्रालयले पुष्टि गरेको छ। कोरोनाको दोस्रो लहर बढ्दै गएकाले सबैलाई अनिवार्य स्वास्थ्य मापदण्ड अपनाउन मन्त्रालयले अनुरोध गरेको छ ।






