नेपाल त्रिकोणात्मक टी-ट्वान्टी सिरिजको फाइनलमा प्रवेश

SHARE:

काठमाडौं वैशाख ८ ।

नेपाल घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-ट्वान्टी क्रिकेट सिरिजको फाइनलमा प्रवेश गरेको छ ।

सिरिज अन्तर्गत बुधबार नेदरल्यान्ड्स र मलेसियाबीचको खेल बराबरीमा सकिएपछि नेपाल फाइनलमा प्रवेश गरेको हो । वर्षाले पटक पटक प्रभावित गरेको नेदरल्यान्ड्स र मलेसियाबीचको खेल बराबरी भएसँगै नेपाल एक खेल अगाबै फाइनल पुगेको हो । नेपालसँगै नेदरल्यान्ड्स पनि फाइनल पुगेको छ । मलेसिया भने बाहिरिएको छ ।

नेदरल्यान्ड्सले डीएल पद्दतिको आधारमा मलेसियालाई जितका लागि १३ ओभरमा १ सय २० रनको लक्ष्य दिएको थियो । तर, मलेसियाले जवाफी ब्याटिङ गरिरहदा वर्षाले पुनस् खेल रोकिएको थियो । त्यसपछि सुरु भएको खेलमा मलेसियाले डीएलको आधारमा १० ओभरमा ९२ रनको नयाँ लक्ष्य पाएको थियो । ९२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको मलेसियाले १० ओभरमा ४ विकेट गुमाएर ९१ रन बनाएपछि खेल टाइ भएको थियो ।

यस अघि वर्षाको कारण १३ ओभरमा झारिएको खेलमा नेदरल्यान्ड्सले ४ विकेट गुमाएर १ सय ७ रन बनाएको थियो । तर, डीएल पद्दतिको आधारमा मलेसियाले १ सय २० रनको लक्ष्य पाएको थियो । यस बराबरीसँगै नेदरल्यान्ड्सले ४ खेलमा ५ अंक जोडेको छ । नेदरल्यान्ड्स शीर्ष स्थानमा समेत उक्लिएको छ । ३ खेलमा ४ अंक जोडेको नेपाल दोस्रो स्थानमा रहेको छ । ३ खेलमा १ अंक जोडेको मलेसिया पुछारमा रहेको छ । अब लिगको अन्तिम खेलमा बिहीबार नेपाल र मलेसिया भिड्नेछन् ।

उक्त खेलले शीर्ष स्थान र दोस्रो स्थानमा रहने टिमको तय हुनेछ । मलेसियालाई हराएमा नेपाल शीर्ष स्थानमा रहदै फाइनल पुग्नेछ । नेपाल पराजित भएमा दोस्रो स्थानमा रहदै फाइनल यात्रा तय गर्नेछ । राउण्ड रोबिनको आधारमा जारी सिरिजको शीर्ष दुई टोलीले फाइनल खेल्ने तालिका रहेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!