राष्ट्रिय सभा सदस्यको उपचुनावका लागि दल दर्ता गर्न निर्वाचन आयोगको आग्रह

SHARE:

काठमाडौं वैशाख १० ।

राष्ट्रिय सभा सदस्यको उपचुनावका लागि दल दर्ता गर्न निर्वाचन आयोगले आग्रह गरेको छ ।

संविधानको धारा २७१ अनुसार आउँदो जेठ ६ गते हुने उपचुनावका लागि दल दर्ता गर्न आयोगले आग्रह गरेको हो । आयोगले वैशाख १४ गतेभित्र दल दर्ता गर्न भनेको छ । वागमती प्रदेशमा रिक्त एक राष्ट्रिय सभा सदस्यका लागि उपचुनाव हुन लागेको हो ।

राष्ट्रियसभा सदस्य निर्वाचन ऐनअनुसार कुनै सदस्यको पदावधि ६ महिनाभन्दा बढी कायम रहँदै कुनै कारणले पद रिक्त भएको ३५ दिनभित्र सरकारले तोकेको मितिमा उपचुनावद्वारा पूर्ति गरिने व्यवस्था रहेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!