नेपालमा थप २५ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि, ५ जनाको मृत्यु

SHARE:

काठमाडौं वैशाख १० ।

नेपालमा पछिल्लो २४ घण्टामा थप २५ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

९ हजार ६६४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २४४९ तथा एन्टिजेन विधिबाट ११० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कूल संक्रमितको संख्या २ लाख ९४ हजार ६०१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ४१० जना कोरोना संक्रमण मुक्त भएका छन् । नेपालमा हालसम्म २ लाख ७६ हजार ७५५ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप ५ जनाको मृत्यु भएको छ । नेपालमा कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १२२ पुगेको छ । नेपालमा सक्रिय संक्रमितको संख्या १४ हजार ७२४ रहेको छ । यसमध्ये ५२ जना आईसीयूमा १७० तथा ५९ जना भेन्टिलेटरमा रहेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!