काठमाडौं वैशाख ११ ।

नेपालमा कोरोना संक्रमणबाट आज एकैदिन १४ जनाको मृत्यु भएको छ ।
शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाकै कारण मृत्यु हुनेको कुल संख्या ३ हजार १ सय ३६ पुगेको छ ।
यस्तै पछिल्लो २४ घन्टामा थप २ हजार ६१९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार २६८ जनाको स्वाब परीक्षण गर्दा २ हजार ६१९ जनामा संक्रमण पुष्टि भएको छ।
जसमध्ये ७ हजार ५२५ जनाको पीसीआर टेस्ट गर्दा २ हजार ४८६ जनमा संक्रमण देखिएको हो। त्यस्तै, १ हजार १४३ जनाको एन्टिजेन टेस्ट गर्दा १३३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ९७ हजार ८७ पुगेको छ। संक्रमित संक्रमितको संख्या पनि १६ हजार ८२८ पुगेको छ।
यस्तै ३ सय ६४ जना निको हुँदा उपचारपछि घर फर्कनेको संख्या २ लाख ७७ हजार १ सय २३ पुगेको छ । देशभर १६ हजार ८ सय २८ जना आइसोलेसनमा रहँदा ७१ जना क्वारेन्टिनमा छन् । आइसोलेसनमा रहेकामध्ये ११ सय ९० जना आईसीयू र ५ सय २० जना भेन्टिलेटरमा छन् ।






