रोजिना प्रधान राई : एनआरएनए यूकेको अध्यक्षमा मेरो उम्मेदवारी किन ?

SHARE:

१. गोर्खाजको मुद्दालाई तार्किक निष्कर्षमा पुर्‍याउन,
२. नेपालमा रहेका सम्पत्तिको सुरक्षाको प्रत्याभूति दिलाउन,
३. नेपाली नागरिकताको ग्यारेन्टी गर्न,
४. गैरआवासीय नेपाली संघ यूकेको साख शीबृद्धी गर्न;
५. वर्तमानका अधुरा योजनाहरु पुरा गर्न,
६. अग्रजहरुको सपना साकार पार्न
७. आपसी सदभाव र भाईचारालाई जोड दिन

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए यूके) को नयाँ नेतृत्वका वर्तमान उपाध्यक्ष रोजिना प्रधान राईले उम्मेदवारी दिने तयारी गरेका छन् ।

उपाध्यक्ष तथा संघसंस्था समन्वय विभाग प्रमुख राईले दुई वर्षे कार्यकालमा आफूलाई सामाजिक तथा च्यारिटी क्रियाकलापमा क्रियाशील राखेर पनि अध्यक्ष उम्मेदवारमा अग्रस्थानमा उभ्याउन खोजेकी छिन् । महिला सशक्तिकरण र कोभिडले महिलामा पारेको असर न्यूनीकरणका लागि नजिकबाट काम गरेकी राईले महिलाहरुले अवसर र अधिकार पाए नीति निर्माण तहमा पुगेर समाज परिवर्तन गर्न सक्छन् भन्ने विश्वास राखेकी छन् ।

बेलायतस्थित तीनसय भन्दा बढी संघसंस्थाका प्रतिनिधिहरुको उपस्थितिमा भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके छैटौं काउन्सिल बैठकको संयोजक थिइन् रोजिना । रोजीहिरा फाउण्डेशनकी संस्थापक अध्यक्ष राईले आफ्नो फाउण्डेशनमार्फत धेरै परोपकारी कार्य गरेकी छन् । कोभिड १९ महामारीपछि बेलायती विश्वविद्यालयमा पढ्न आएका नेपाली विद्यार्थी नराम्ररी प्रभावित भए । कतिलाई खाना, बस्न समेत समस्या भएपछि रोजिनाले एनआरएनए यूकेका तर्फबाट संयोजनकारी भूमिका निर्वाह गरि ति पीडित विद्यार्थीलाई राहत वितरण र आफैंले गास बास प्रवन्ध समेत गरिदिएको उनले बताइन् ।

यूके नेपाल फ्रेण्डसीप सोसाइटीकी ब्राण्ड एम्बासडर र ह्यूमन राइट्स यूके सदस्य रोजिनाले बेलायत नेपाल सम्बन्ध अभिवृद्धि गर्न आफ्नो हैसियतले भ्याएसम्म पहल गरिरहेको पनि बताइन् । रोजीहिरा फाउन्डेशनले खोटाङ जिल्ला खोटेहाङ गाउंपालिका वडा नं. २ कपासे भञ्ज्याङमा रहेका विपन्न २० घरधुरीलाई पनि एक महिना पुग्ने राहत वितरण गर्‍यो ।

सिन्धुपाल्चोकको इचोक गाउंमा भूकम्प पीडितहरुका लागि स्वास्थ्य शिविर सञ्चालन गरेर उक्त शिविरबाट झण्डै एकहजार जना लाभान्वित भएको उनले स्मरण गरिन् । उनले श्री राष्ट्रिय माध्यमिक विद्यालयमा उत्कृष्ट विद्यार्थीलाई पठनपाठनमा प्रायोजन गर्दै आएको पनि जनाइन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!