काठमाडौं वैशाख १३ ।

पछिल्लो २४ घन्टामा देशभर ३ हजार ५ सय ५६ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार १२ हजार ४ सय जनामा गरिएको पिसिआर परीक्षणमा ३ हजार ४ सय ४२ जना र ८ सय ९३ जनामा गरिएको एन्टिजेन परीक्षणमा १ सय १४ जना गरी जम्मा ३ हजार ५ सय ५६ जना नयाँ संक्रमित भेटिएका हुन्।
यस्तै, आज १२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। योसंगै हालसम्म ३ हजार १ सय ७६ जनाको कोरोनाबाट मृत्यु भएको छ। त्यस्तै, आज ३ सय ७८ जनाले कोरोनालाई जितेर घर फर्किएको मन्त्रालयले जनाएको छ।
हाल देशभर ६५ जना क्वारेन्टाइनमा रहेको र देशभर २२ हजार ४ सय ३४ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।






