वरिष्ठ समाजसेवी मेजर जयबहादुर गुरुङ निधन

SHARE:

पोखरा १३ वैशाख । तमु धिं नेपालस्थित तमु धिं साँस्कृतिक भवनदाता वरिष्ठ समाजसेवी मेजर जयबहादुर गुरुङ (एमभीओ, एमभिई) को ८३ वर्षको उमेरमा सोमबार बिहान निधन भएको छ ।

तमु धिं नेपालका परम संरक्षक गुरुङ केही समय अघिदेखि अस्वस्थ्य भई काठमाडौंमा उपचारपश्चात पोखरा ९ नयाँबजारस्थित निवासमा बिहान करिब ७:२० बजे निधन भएको हो । उनको मंगलबार अपरान्ह ३ बजे शवयात्रासहित बौद्ध अर्घौ सदन रामघाटमा अन्त्येष्टि गरिने ब्रेज मेश्रो घान्द्रुक समाज पोखराका अध्यक्ष सुवेदार सुदर्शन गुरुङले जानकारी दिए ।

घान्द्रुक गाँउ भई पोखरा नयाँबजार निवासी अत्यन्तै परिश्रमी, इमान्दार, अनुशासित, अन्तर्मुखी स्वभाव, कोमल मनका स्वर्गीय गुरुङ गाउँको विकास, शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, समाजभवनहरु, बृद्धाश्रम, मठमन्दिर, गुम्बा विकासका साथै दीनदुःखीका सहयोगी थिए ।

गोर्खाजका छोरा प्ल्धिीं प्ल्हने भाईखलकका संस्थापक अध्यक्ष जयबहादुर गुरुङ ब्वाइजमा भर्ती पल्टनमा उत्कृष्ट हुँदै गोर्खा मेजरको दर्जामा निवृत्त भई तमु धिं नेपाललाई २०५७ सालमा १७ लाख ५ हजारको लागतमा तमु धिं साँस्कृतिक भवन निर्माण गरिदिएका हुन् । तमुधिं नेपालका परम संरक्षकसमेत रहेका गुरुङले करोडौं रुपैयाँ विभिन्न सामाजिक, शैक्षिक, साँस्कृतिक, सेवामुलक संस्थाहरु, गाउँ, सडक, खानेपानी, स्वास्थ्य क्षेत्रमा सहयोग गरेका ब्रेज मेश्रों घान्द्रुक तमु समाज पोखराका निवर्तमान अध्यक्ष हितकाजी गुरुङले जानकारी दिए ।

धर्मपत्नी रुपकुमारी गुरुङको साथले सेवामा जुटेका स्वर्गीय गुरुङको दुई सन्तान एक छोरा एक छोरी रहेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!