काठमाडौं वैशाख १४ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ५२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कूल १५ हजार ६८१ जनामा परीक्षण गर्दा आरटी–पीसीआरबाट ४ हजार ३६४ र एन्टिजेनबाट १६० जनामा संक्रमण पुष्टि भएको छ । यससँगै कूल संक्रमितको संख्या ३ लाख ७ हजार ९२५ पुगेको छ ।
जसमध्ये २ लाख ७८ हजार ५०६ जना निको भइसकेका मन्त्रालयले जनाएको छ । देशभर सक्रिय संक्रमितको संख्या २६ हजार २२५ रहेको मन्त्रालयले जनाएको छ ।
कोरोनाले थप १८ जनाको मृत्यु भएको छ । यससँगै कूल मृतकको संख्या ३ हजार १९४ पुगेको मन्त्रालयले जनाएको छ ।






