लण्डन बार्नेट र पोखरा उपमहानगरपालिकाबीच भगिनी सम्बन्ध कायम

SHARE:

लण्डन वैशाख १५ ।

लण्डन बरो अफ बार्नेट तथा पोखरा उपमहानगरपालिकाबीच भगिनी सम्बन्ध कायम हुने भएको छ।

लण्डन बरो अफ बार्नेटको सोमबार बसेको असाधारण बैठकले लण्डन बरो अफ बार्नेट तथा पोखरा उपमहानगरपालिका बीच भगिनी सम्बन्ध सिस्टर सिटी रिलेशन कायम गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । बैठकमा उक्त प्रस्ताव राख्दै लण्डन बरो अफ बार्नेटकी मेयर डा. क्यारोलिन स्टकले बेलायत र नेपालबीच ऐतिहासिक सम्बन्ध रहेको र दुई नगरहरुबीच भगिनी सम्बन्ध कायम हुँदा यो सम्बन्ध जनस्तरमा अरु बलियो हुने विश्वास व्यक्त गरिन् ।

उनले बार्नेटमा नेपाली समुदायको उल्लेख्य बसोबास रहेको र उनीहरुले बेलायतको सेवामा आफ्नो क्षेत्रबाट योगदान पुराइ रहेको जनाइन् । उनले त्यस्तो सम्बन्ध कायम गरिंदा दुबै नगरका वासिन्दाहरुबीच मित्र र सहयोगको प्रवर्द्धन हुनुका साथै सांस्कृतिक, आर्थिक, शैक्षिक तथा सामाजिक क्षेत्रमा पनि आपसी सहयोग बढाउन मदत पुग्ने विचार व्यक्त गरेकी छन्।

उनले पोखरा उपमहानगरपालिकासंग भगिनी सम्बन्ध कायम गर्न पहल गरेकोमा उपमेयर लक्ष्य गुरुङको प्रशंसा गरिन् । उक्त बैठकमा बोल्दै लन्डन बरो अफ बार्नेटका उप मेयर लक्ष्य गुरुङले नेपालको पर्यटन राजधानीको रुपमा चिनिएको पोखरा शहर अन्नपूर्ण सर्किटमा पदयात्रामा जाने पदयात्रीहरुका लागि ‘गेट वे’ भएको बताए।

उनले भगिनी सम्बन्धले दुइ मुलुकहरु बीचको ऐतिहासिक सम्बन्ध थप बलियो हुने विश्वास व्यक्त गरे। सन् २००५ मा बार्नेटमा बसोबास गर्न आउँदादेखि नै दुई शहरबीच सम्बन्ध गांस्न पाए हुन्थ्यो भन्ने आफ्नो मनमा रहेको र अहिले त्यो सपना पुरा हुँदा आफूलाई अत्यन्तै खुसी लागेको उनले बताए। उनले उक्त प्रस्ताबलाई समर्थन गर्ने सबै दलहरुलाई धन्यवाद पनि दिए।

आगामी १९ मेमा एक सार्वजनिक कार्यक्रम गरेर भगिनी सम्बन्धबारे घोषणा गरिने छ। उक्त समारोहमा भर्चुएल माध्यमबाट पोखरा उपमहानगरका जनप्रतिनिधिहरु पनि सहभागी हुने उपमेयर गुरुङले बताए।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!