दीपक मनाङे बने गण्डकी प्रदेशमा खेलकुदमन्त्री

SHARE:

पोखरा वैशाख १६ । मनाङ प्रदेश ‘ख’ स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) ले गण्डकी प्रदेशको युवा तथा खेलकुदमन्त्री बनेका छन् ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक विकास मन्त्रालय टुक्र्याएर मनाङेलाई बिहीबार मन्त्रीमा नियुक्त गरेका हुन् । उनलाई प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश नीति तथा योजना आयोगको हलमा शपथ खुवाएका हुन् ।

सरकार विरुद्ध अविश्वासको प्रस्ताव आएका बेला मुख्यमन्त्री गुरुङले मन्त्रिपरिषद् विस्तार गरेर मनाङेलाई मन्त्री पदमा नियुक्त गरेका हुन् । त्यसैमाथि डन पृष्ठभूमिका गुरुङलाई मन्त्री बनाएपछि मुख्यमन्त्री गुरुङ र एमालेको चौतर्फी आलोचना भइरहेको छ ।

यसअघि माओवादी केन्द्रका मन्त्रीले राजीनामा दिएपछि आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय भने खाली नै छन् । कानुन मन्त्रालयको जिम्मा भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत र कृषि मन्त्रालय मुख्यमन्त्री गुरुङले आफैंले राखेका छन् ।

बुधबार मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावमा तय भएको मतदानका बेला भने उनी उपस्थित भएका थिएनन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!