राष्ट्रिय सभाको उपनिर्वाचनका लागि ५ वटा दल आयोगमा दर्ता

SHARE:

काठमाडौं वैशाख १६ ।

राष्ट्रिय सभाको रिक्त पदको उपनिर्वाचनका लागि ५ राजनीतिक दलको दर्ता भएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी एमाले, नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टी गरी ५ दल को दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।

उक्त सूचना राजपत्रमा प्रकाशन गर्ने, दल दर्ता गर्ने र निर्वाचन चिन्ह प्रदान गर्ने निर्णय गरेको आयोगको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । उक्त निर्णयअनुसार एमालेलाई सूर्य चिन्ह र कांग्रेसलाई रुख चिन्ह माओवादी केन्द्रलाई गोलाकारभित्र हँसिया हथौडा प्रजातन्त्र पार्टीलाई हलो र तथा नेपाल मजदुर किसान पार्टीलाई मादल चिह्न दिइएको छ ।

त्यस्तै आयोगले प्रदेश सभा सदस्य ११० जना र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख २३८ जना गरी जम्मा ३४८ जना मतदाताको नाम समावेश मतदाता नामावली स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।

उक्त नामावली २१ गते निर्वाचन अधिकृतको कार्यालय हेटौंडामा प्रकाशन गर्ने र सोही दिन सच्याउने उजुरी दिन सकिने आयोगले जनाएको छ । जेठ ६ गते वाग्मती प्रदेशमा राष्ट्रिय सभामा रिक्त एक पदका लागि निर्वाचन हुँदैछ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!