एनआरएनए यूकेको नयाँ नेतृत्व चयन गर्न जुलाई ३१ मा निर्वाचन तय

SHARE:

लन्डन वैशाख १८ । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको नयाँ नेतृत्व चयनका लागि आउँदो जुलाई ३१ मा चुनाव हुने भएको छ ।

अध्यक्ष पुनम गुरुङको अध्यक्षतामा शुक्रबार साँझ सम्पन्न कार्यसमितिको भर्चुअल पूर्ण बैठकले नवौं कार्यसमितिको निर्वाचन जुलाई ३१ मा गर्ने निर्णय गरेको हो । निर्वाचन समितिको प्रमुख संयोजकमा संस्थाका संरक्षकसमेत रहेका पूर्वअध्यक्ष महेन्द्रराज कँडेललाई नियुक्त गरेको छ । सदस्यहरु पछि थप गर्ने एनआरएनए यूकेले जनाएको छ ।

संघले अप्रिल १ देखि जुन १० सम्मको समयसीमा दिएर एमआइएस प्रणालीबाट पञ्जीकृत सदस्यता वितरण शुरु गरेको छ । हालसम्म अध्यक्ष पदका लागि एनआरएनए यूके तीन उपाध्यक्षहरु रोजिना प्रधान राई, प्रेम गाहामगर र सुनिलबाबु खड्का एवं इंग्ल्यान्ड राज्य समन्वय परिषद् अध्यक्ष दीपक श्रेष्ठले उम्मेदवारी दिने चर्चा छ । महासचिवमा भने जित रानाभाट र मुकुन्द बास्तोलाले उम्मेदवारी दिने तयारीमा छन् ।

बैठकमा कार्यसमितिका पदाधिकारीका साथै आइसीसी सदस्यहरुको सहभागिता थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!