काठमाडौं वैशाख १९ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार २ सय ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट थप २७ जनाको मृत्यु भएको छ। यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३ सय २५ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा मात्रै ३ हजार ५९५ जना संक्रमित थपिएका छन्।
काठमाडौँमा २ हजार ७४४ ललितपुरमा ५५० र भक्तपुरमा ३०१ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा १ हजार ६ सय १२ जना डिस्चार्ज भएका छन्। हालसम्म ४८ हजार ७११ सक्रिय संक्रमित रहेका छन्।
यसैगरी देशभर पछिल्लो २४ घण्टामा १६ हजार १४७ पीसीआर तथा ६२३ एन्टिजेन परीक्षण भएको छ।






