लण्डन वैशाख १९।

गैरआवासीय नेपाली संघ एनआरएनए युकेको महासचिव पदमा डा. मुकुन्द बास्तोलाले उम्मेदवारी दिने भएका छन ।
बेलायतस्थित एक विश्वविद्यालयबाट अर्थशास्त्र विषयमा विद्यावारिधि गरेका डा.बास्तोलाले एनआरएनए युकेको आगामी कार्यकाल २०२१-२०२३ का लागि महासचिव पदमा उम्मेदारी दिने जनाएका हुन् । विश्वका ८० भन्दा बढी देशमा रहेको गैरआवासीय नेपालीहरुको साझा संस्था संघ मध्ये सवै भन्दा ठुलो एनआरएनए युकेमा विद्यावारिधि गरेका डा. बास्तोलाको प्रवेशले सकारात्मक सन्देश गएको छ ।
कार्डिफ युनिभर्सिटिबाट विद्यावारिधि गरेका डा। बास्तोला विश्वभर प्रख्यात बहुराष्ट्रिय कम्पनी जोन्सन ग्रुप युकेका आर्थिक परामर्शदाताका रुपमा कार्यरत छन् । उनी बेलायतका विभिन्न विश्वविद्यालयमा निरन्तर खोज तथा अनुसान्धनमा सकृय छन । गैरआवासीय नेपालीलाई नेपाली नागरिकता दिलाउन निरन्तर काम गरिरहेका डा।बास्तालाले नेपाल सरकार सँग नियमित सम्पर्कमा रहि काम गरिरहेका छन ।
डा. बास्तोलाकै पहलमा गत महिना नागरिकता निरन्तरताका लागि राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना तथा त्यस क्षेत्रका विशेषज्ञहरु सँग अन्तरक्रिया भएको थियो । डा.बास्तोला युरोपियन नेपाली अनुसन्धान परिषद्का अध्यक्षका रुपमा कार्यरत पनि छन । त्यसबाहेक बेलायतवासी नेपाली समुदायको पुरानो संस्था यति नेपाली एसोसिएसन युकेका महासचिवका रुपमा सामाजिक काममा सकृय छन । कास्की स्थायी घर भएका डा.बास्तोला कास्की आदर्श समाज अन्तरराष्ट्रिय परिषद्ममा आवद्ध तथा बेलायतस्थित ग्राजुयट इन्टरपेनर्सहरुको संस्था जेन्स युकेका सल्लाहकार हुन् ।
एनआरएनए युकेका सल्लाहकार तथा सन् २००९ बाट निरन्तर रुपमा सकृय डा. बास्तोला एनआरएनए युके राज्य समन्वय विभागका संस्थापक सचिव हुन । स्मरण रहोस, एनआरएनए युकेका चार राज्य समन्वय परिषद् गठनमा २०१७-२०१९ मा ठुलो भुमिका खेलेका थिए । बेलायतमै बसेर जन्मभुमि नेपालमा लगानी गर्ने र नेपालीलाई रोजगारी दिलाउन नेप्लिज कोअपरेटिभ ग्रुप एनसिआई मार्फत उनले काम गरिरहेका छन उनी एनसिआईका महासचिव छन । उक्त संस्थाले नेपालमा सोलार पावर, अर्गानिक फार्मलगायतका क्षेत्रमा लगानी गरेको छ ।






