लोकल रेसिडेन्ट र नेपाली समुदायबीचको दुरी निमिट्यान्न पार्न पहल रहने छ : काउन्सिलर उम्मेदवार बेल्वासे

SHARE:

जीव बेल्वासे
अल्डरसट विलिङटन वार्डका काउन्सिलर उम्मेदवार

अर्घाखाँची जिल्लाको दुर्गम गाउँ भूमिकास्थान गाउँपालिकाका जीव बेल्वासे बेलायतको अल्डरसट विलिङटन वार्डका काउन्सिलर उम्मेदवार बनेका छन् । यही मे ६ तारिखमा हुने निर्वाचनका लागि बेल्वासेले कन्जरभेटिभ पार्टीबाट उम्मेदवारी दिएका हुन् । सन् २००१ देखि बेलायत बसाई थालेका बेल्वासे त्यसअघि नेपालमा नेपाल प्रहरीमा अधिकृतको जागिरे थिएँ ।

बेलायतमा गैरआवासीय नेपाली संघ (एनआरएनए यूके) मा (२००५) मा आबद्ध भएर तीन कार्यकाल काम गरे । प्रवक्ताको जिम्मेवारी पनि सम्हाले । बेलायतवासी नेपालीहरुको साझा संस्था ग्रेटर रसमुर नेपाली कम्युनिटीमा पनि २००३ देखि नै आबद्ध थिए उनी । ग्रेटर रसमुर नेपाली कम्युनिटीका निवर्तमान अध्यक्ष जीव बेल्वासेसँग अल्डरसट विलिङटन वार्डका काउन्सिलर पदमा दिएको उम्मेदवार र एजेन्डाबारे मिलन तमुले गरेको संक्षिप्त कुराकानी :

तपाईंले कुन पार्टीबाट उम्मेदवारी दिनु भएको हो ?
कन्जरभेटिभ पार्टीबाट विलिङटन वार्डमा काउन्सिलर पदमा उम्मेदवारी दिएको छु ।

कन्जरभेटिभ पार्टी रोज्नुको कारण केही छ कि ?
कन्जरभेटिभ पार्टीको दस्तावेजहरु पढ्दै जाँदा सामान्य ले म्यानको रुपमा मैले के पाएँ भने, ‘द वे अफ लाइफ’ हाम्रो नेपालीको प्याट्रन छ । जीवनको एउटा पद्धति छ । त्यससँग कन्जरभेटिभ पार्टीको साधारणतय सिद्धान्त मिल्छ । हामी नेपाली स्वाभिमानी छौं । हामी काम गर्न चाहन्छौं । हामी बेनिफिटमा विश्वास गर्दैनौं । यिनीहरुले फ्यामिली कम फस्ट भन्ने लगायत नीति र सिद्धान्तका कारण कन्जरभेटिभ पार्टी मन परेको हो ।

के छ एजेन्डा तपाईंको ?
लोकल रेसिडेन्ट र नेपाली समुदायबीचको जुन दुरी छ, हामीले केही हदसम्म मेटाइसकेका छौं । त्यसलाई सम्पूर्ण रुपमा निमिट्यान्न पार्ने पक्षमा मेरो पहल रहने छ । अरुचाहिँ पार्टीको एजेन्डा अनुसार, पार्टीको निर्देशअनुसार काम गर्नुपर्ने हुन्छ । गर्ने छु ।

भूपू गोर्खाहरुको बारेमा ? जितपछि के गर्ने विचार छ ?
भूपू गोर्खाहरुको समस्या एउटा यहाँको नागरिकता लिँदाखेरि बढी टाइम र खर्च हुने व्यवस्थापन हुन सकेको छैन । त्यसका लागि हाम्रो यहाँका काउन्सिलर लिडरलाई रिक्वेस्टपछि प्राइमिनिस्टरलाई चिठी लेखिसक्नु भएको छ । समान पेन्सनका लागि पनि उहाँले एमपीलाई चिठी लेख्नु भएको छ । जसलाई चिठी लेखिएको थियो उहाँ नै भेट्रान् मिनिस्टर हुनुहुन्छ । अहिले बाहिर बस्दा त यत्ति काम गर्न सफल भइएको छु भने त्यसभित्र गइसकेपछि त अवश्य पनि यी कुराहरुलाई मजबुत रुपमा उठाउन सकिन्छ । र माथिसम्म पुर्‍याउन सकिन्छ भन्ने मलाई विश्वास छ । म नेपालीको मात्रै नहुने भएकोले सबैको हुने भएकोले सबै जनताको सेवामा समर्पित हुने हो ।

ग्रेटर रसमुरमा काम गर्दाको अनुभव सुनाइदिनु न ?
ग्रेटर रसमुर नेपाली कम्युनिटी पहिले केही कमजोर थियो किनभने हामीसँग धेरै जातीय संस्था, जिल्लागत संस्था, अञ्‍चल, क्षेत्र सारा संस्था र तिनको हेर्डक्वाटर पनि यही एरिया भएको हुँदा कता कता यो संस्था छायाँ परेको हो कि भन्ने स्थितिमा थियो । र पछी हामी सबै नेपालीले महसुस गर्‍यौं । हामी पहिले नेपाली अनि अरु सबै हो । त्यसले गर्दा हामी सबै नेपाली अट्ने ग्रेटर रसमुर नेपाली कम्युनिटी हो । यसलाई बलियो बनाउनौं भनेर हामी सबै लाग्यौ । हुन त ग्रेटर रसमुर नेपाली कम्युनिटी सन् २००० देखि नै सुरु भएको हो । २००३ पछिच्यारिटी संस्थाको रुपमा दर्ता भएर हामी अगाडि आइरहेका छौं ।

म यो संस्थाको अध्यक्ष हुँदा यहाँको डिस्ट्रिक पुलिस, रसमुर बरो काउन्सिल लिटर, काउन्सिलर अनि अफिसियर्स, एमपी, रसमुर भोलिन्टियर सर्भिस, सिटिजन एड्भाइस ब्यूरो, रसमुर रेस्क्यू फायर एन्ड सर्भिस्, विभिन्‍न स्थानीय च्यारिटी संस्था, गैरच्यारिटी संस्थाहरुसँग मेरो एकदम गहिरो सम्बन्ध रहेर काम गरेँ । र अहिले पनि उहाँहरुसँग सम्बन्ध छ ।

यहाँ प्राइमरी कियर नेटवर्क छ त्यसमा पनि म प्वाइन्ट अफ कन्ट्याक्ट हो । सीसीजी ग्रुपको कन्ट्याक्ट हो । अहिले कोरोनाविरुद्धको भ्याक्सिनेसन भइरहेको छ । नेपालीहरुका लागि यति वर्षदेखि यति वर्षसम्मका लागि आउनुस् । अपोइन्टमेन्ट चाहिँदैन भनेर प्रत्येक भ्याक्सिनेसनमा हामीले सूचना निकाल्ने गर्छौं । अरु पनि थुप्रै वेलफेयरका काममा म संलग्न हुँदै आएको छु । यसबारे मैले भन्दा पनि नेपाली समुदायका दाजुभाइ, दिदीबहिनीहरुलाई थाह छ ।

विभिन्‍न संस्थाहरुसँग र ब्यूरोक्रेसीसँग, प्रहरीसँग राम्रोसँग सम्बन्ध राखेर ग्रेटर रसमुर नेपाली कम्युनिटीमार्फत् काम गरियो । यसबाट हाम्रा सिनियर सिटिजन्स वा सबैले लाभ लिइरहनु भएको छ ।

तपाईंलाई जित्ने कत्तिको आशा छ ?
हरेक उम्मेदवारलाई म जित्छु नै भन्ने हुन्छ । म पनि हाम्रो प्यारो जनसमुदाय भन्न चाहन्छु नेपाली समुदायमा जे जे गर्दै आएका छौं, त्यो मैले मात्रै होइन । उहाँहरुको ठूलो माया, सद्भाव, उहाँहरुको प्रेरणा र उहाँहरु पछाडि भएर मलाई अगाडि धकेलेका कारण म अगाडि बढेको हो । त्यसैले यो बेला पनि मलाई पनि हृदयदेखि विश्वास छ । मैले नेपाली समुदायको माया पाउनेछु । म यही मिडियामार्फत् उहाँहरुमाझ बिन्ति गर्न चाहन्छु । यदि पोस्टल भोटमा हुनुहुन्छ भने पोस्टल भोट पठाइदिनुस् । यदि पोस्टल भोटमा रजिस्ट्रर हुनुहुन्न भने ६ मेमा बिहान ७ बजेदेखि १० बजेसम्ममा जसरी हुन्छ त्यहाँ प्रिन्सेस हलमा आइदिनु होला । यदि आउन सक्नु भएन भने यहाँलाई हामीले के सहयोग गर्नुपर्छ । त्यहाँ पुर्‍याउनका लागि तयार छौं ।

अन्त्यमा केही भन्नु हुन्छ ?
ज जसले भोट गर्नु भयो उहाँहरुलाई थ्यांक्यू । भोट गर्न बाँकी छ भने ६ मे मा भोट गरिदिनु होला । र अहिलेसम्म जे जसरी माया दिनु भएको छ । त्यही माया चाहिँ निरन्तर कायम रहोस् । यहाँहरुको विश्‍वासलाई गुम्न दिने छैन ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!