नागरिकको जीवन रक्षा सरकारको पहिलो दायित्व हो: प्रधानमन्त्री ओली

SHARE:

काठमाडौं वैशाख २० ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकको जीवन रक्षा सरकारको पहिलो दायित्व भएको बताएका छन्।

सोमबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले त्यसका लागि सरकराको सबै संयन्त्र परिचालित रहेको बताए। ओलीले प्रदेश केन्द्रीत हुने गरी सरकारका मन्त्रीलाई एक एक जनाका दरले फोकल व्यक्ति तोकिएको पनि बताए । अहिलेको कोरोना भाइरस घातक र संक्रमणदर धेरै रहेको भन्दै उनले निषेधाज्ञामा थप कडाइ गरिने बताए। उनले कोरोना विरुद्धको खोप अभियानलाई पनि प्रभावकारी बनाइने पनि बताएका छन्।

अन्तर्राष्ट्रिय सीमा नाकाबाट नेपाल प्रवेश गर्ने हरेकको कोरोना परीक्षण गरिने प्रधानमन्त्रीको भनाए थियो । स्थलमार्गबाट विदेशी नागरिकहरुको प्रवेशमा रोक लगाइएको जानकारी दिँदै प्रधानमन्त्री ओलीले भारतमा रहेका नेपालीहरु आउनका लागि १३ वटा नाका मात्रै खुला राखेको बताए।

प्रधानमन्त्री ओलीले आज सोमबार रातिदेखि आन्तरिक हवाइ उडान बन्द गरिने जानकारी दिए। बैशाख २३ गते राति १२ बजेदेखि अन्तर्राष्ट्रिय उडान पनि बन्द गर्ने निर्णय सरकारले गरेको जानकारी दिए।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!