लन्डन वैशाख २० । नेपालमा अन्तर्राष्ट्रिय उडान रोकेकोबारे नेपाली राजदूतावास लन्डनले सर्कुलर जारी गरेको छ ।
दूतावासले सोमबार साँझ नेपालमा कोरोना भाइरस बढ्दै गएको सन्दर्भमा मन्त्रिपरिषद्को आइतबारको बैठकले २३ गते राति १२ बजेदेखि (तदनुसार ६ मे २०२१) वैशाख मसान्तसम्म सबै हवाई अन्तर्राष्ट्रिय उडान स्थगन गर्ने, अन्तर्राष्ट्रि य चार्टर्ड तथा उद्धार उडानको हकमा स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना हुने गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उडान अनुमति जारी गर्ने, चार्टर्ड र उद्धार अन्तर्राष्ट्रिय उडानबाट जाने/आउने यात्रुहरुको बारकोड र फोटोसहितको पीसीआर रिपोर्ट अनिवार्य गर्ने निर्णयबारे सूचनामार्फत जानकारी गराएको हो ।
हेर्नुहोस् विज्ञप्ति







