बेलायत-भारत व्यापार सम्झौता, खोप उत्पादनमा लगानी बढाउने बेलायतको तयारी

SHARE:

लन्डन बैशाख २१ ।

बेलायतले भारतसँग करिब एक अर्ब पाउण्ड अर्थात् एक अर्ब ४० करोड अमेरिकी डलर बराबरको नयाँ व्यापार तथा लगानी सम्झौता घोषणा गरेको छ ।

नयाँ व्यापार एवं लगानी सम्झौतामा कोभिड–१९ र अन्य रोग विरुद्धका खोप उत्पादनमा सघाउन भारतस्थित खोप उत्पादक कम्पनी सेरम इन्स्टिच्यूटलाई थप मद्दत गर्ने समेत उल्लेख छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच मङ्गलबार भएको भिडियो कन्फरेन्स बैठक अघि बेलायतका तर्फबाट यस्तो घोषणा गरिएको हो । यस बैठकमा दुई देशबीच स्वतन्त्र व्यापार सम्झौताका लागि सम्झौताहरु हुने अनुमान गरिएको छ ।

बेलायत सरकारले युरोपेली युनियनबाट अलग भएपछि विभिन्न देशसँग व्यापार बृद्धिका लागि सम्झौताहरु गर्न थालेको छ । सोमबार अबेर घोषणा गरिएको बेलायतको यस घोषणाले बेलायमा छ हजार ५०० भन्दा बढी रोजगारी सिर्जना हुने बेलायत सरकारको अपेक्षा छ ।

यस प्याकेज अन्तर्गत सेरमको बेलायतस्थित प्लान्टमा २४ करोड पाउन्ड स्टर्लिङ लगानी गरिने छ जसबाट क्लिनिकल ट्रायल, अनुसन्धान र खोप उत्पादनमा खर्च गरिनेछ । सेरम इन्स्टिच्यूटले कोडाजेनिक्ससँगको साझेदारीमा कोभिड-१९ विरुद्ध एक डोज लगाए पुग्ने खोपको विकास गर्न थालेको छ । नाकबाट दिइने यो खोपको परीक्षण प्रारम्भिक अवस्थामै रहेको छ ।

बेलायत र भारतबीचको वार्षिक व्यापार करिब २३ अर्ब पाउण्डको छ । यो युरोपेली युनियनसँग बेलायतको व्यापारभन्दा ५ प्रतिशत मात्र कमी हो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!