बेलायतको बरो अफ हन्स्लो काउन्सिलको मेयरमा भूपू गोर्खा सैनिक विष्णुबहादुर गुरुङ निर्वाचित

SHARE:

लन्डन वैशाख २२ । बेलायतको बरो अफ हन्स्लो काउन्सिलको मेयर पदमा भूपू गोर्खा सैनिक विष्णुबहादुर गुरुङ निर्वाचित भएका छन् ।

गुरुङ मे ४ तारिखमा लन्डन वरो अफ हन्स्लोको मेयर पदमा लेबर पार्टीबाट निर्वाचित भएका हुन् । उनी यसअघि काउन्सिलर र डेपुटी मेयर भइसकेका छन् । ड्राइभर पेसामा आबद्ध गुरुङ पहिलोपटक सन् २०१४ मा लण्डन बरो अफ हन्स्लो काउन्सिलको ह्यान्वर्थ वार्डबाट लेबर पार्टीको तर्फबाट काउन्सिलर बनेका थिए ।

ब्रिगेड अफ गोर्खाजमा लामो समय सेवा गरेका गुरुङ गोर्खा नेपलिज कम्युनिटी हन्स्लोका संस्थापक अध्यक्ष हुन् । आर्मड फोर्सेस च्यारिटी (एसएसएफए) को ‘केस वर्कर’ रहेका गुरुङ अन्य धेरै संघसंस्थामा स्वयंसेवी भूमिकामा पनि छन् । गुरुङले मेयरमा निर्वाचित भएपछि जिम्मेवारी चुनौतीपूर्ण रहे पनि स्थानीय जनताको विश्वास जितिरहने प्रतिक्रिया जनाएका छन् ।

नेपालको गोर्खा जिल्लाको बार्पाक, सुलिकोट गाउँपालिका सौरपानी ४, फुन्चोकमा जन्मिएका सार्जेट गुरुङ सन् १९९५ मा सेवानिवृत्त भएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!