काठमाडौं वैशाख २२ ।

नेपालमा बुधबार ८ हजार ६ सय ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ।
स्वास्थ्य मन्त्रालयले गर्ने नियमित प्रेस व्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ८हजार ६ सय ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको बताएका हुन । यो संख्या हाल सम्मकै उच्च हो । कोरोना भाइरसका कारण हाल सम्म संक्रमित हुनेको संख्या ३ लाख ५९ हजार ६ सय ६४ पुगेको छ ।
काठमाडौं उपत्यकामा थप ४ हजार ८२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ३ हजार ८४९ जना, ललितपुरका ५१८ जना र भक्तपुरका ४५८ जना रहेका छन् ।
कोरोना भाइरसका कारण नेपालमा थप ५८ जनाको मृत्यु भएको छ । यो संख्या हाल सम्मकै उच्च हो । कोरोना भाइरसका कारण हाल सम्म मृत्यु हुनेको संख्या ३ हजार ४ सय ७५ पुगेको छ ।






