थप नौ हजार ७० जनामा कोरोना सङ्क्रमण पुष्टि, ५४ जनाको मृत्यु

SHARE:

काठमाडौं वैशाख २३ ।

पछिल्लो २४ घण्टामा देशभर नौ हजार ७० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

२० हजार तीन सय ६७ जनाको पीसीआर परीक्षण गर्दा आठ हजार नौ सय ७० जना र सात सय ७५ जनाको एन्टिजेन परीक्षण गर्दा एक सय जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या तीन लाख ६८ हजार पाँच सय ८० पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा दुई हजार सात सय सात जना निको भएसँगै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या दुई लाख ९२ हजार चार सय ९० पुगेको छ । पछिल्लो २४ घण्टामा सङ्क्रमणबाट ५४ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको सङ्ख्या तीन हजार पाँच सय २९ पुगेको छ । आज देशभर ७२ हजार पाँच सय ६१ जना सक्रिय सङ्क्रमित छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!