बेलायतको अर्थतन्त्र ७० वर्ष यताकै उच्च वृद्धि हुने अनुमान

SHARE:

लण्डन वैशाख २३ । बेलायतको अर्थतन्त्र विगत ७० वर्ष यताकै उच्च वृद्धि हुने बैँक अफ इङल्याण्डले अनुमान गरेको छ ।

लकडाउन हटेपछि यस वर्ष बेलायतको अर्थतन्त्र ७.२५ प्रतिशतले वृद्धि हुनसक्ने बैँकले जनाएको छ । बैँकका अनुसार यो वृद्धिदर सन् १९४९ यताकै सबैभन्दा उच्च हुनेछ । यसबाट सरकारलाई बेरोजगारी र व्यवसायहरुलाई आर्थिक सुविधा दिन थप सहयोग पुग्नेछ।

तथापि बेलायतको अर्थतन्त्र गत वर्ष १० प्रतिशतले खुम्चिएको थियो । जुन विगत ३०० वर्षकै उच्च गिरावट थियो । बेलायतका शहरका पसलहरु खुलेसँगै आर्थिक सुधारको गतिको संकेत देखिएको बैँकले जनाएको छ ।

बेलायतमा कोरोनाविरुद्धको खोप लगाउनमा गरिएको व्यापकताले ग्राहकहरुमा आत्मविश्वास बढाएको र यस वर्षको अन्त्यसम्ममा महामारी पूर्वको अवस्थामा फर्कन सक्ने पनि बैँकको निस्कर्ष छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!