भूतपूर्व गोर्खा सैनिककी छोरी रेबेका राई बेलायतमा सोलिसिटर बनिन्

SHARE:

लन्डन वैशाख २३ । खोटाङको बुईपा पुर्ख्यौली घर भएकी भूतपूर्व ब्रिटिस गोर्खा सैनिक भीम राईकी छोरी रेबेका राई बेलायतको सोलिसिटर भएकी छन् ।

गोर्खा ट्रान्सपोर्ट रेजिमेन्ट (जिटिआर) मा २० वर्ष सैनिक सेवा गरेर अवकाशप्राप्त राईकी एक्ली छोरी रेबेका गत हप्ता बेलायती सोलिसिटर्स रेगुलेसन अर्थिरिटि (एसआरए) बाट सोलिसिटरको मान्यता प्राप्त गर्न सफल भएकी हुन् । रेबेकाले बेलायतको प्रतिष्ठित क्विनमेरी युनिभर्सिटी लण्डनबाट सन् २०१५ मा अंग्रेजी कानुनमा प्रथम श्रेणीमा डिग्री हासिल गरेकी थिइन् । त्यसपछि उनले सन् २०१६ मा ‘सिल्भरडेल सोलिसिटर्स’ म्यानचेस्टरमा ‘प्यारा लिगल’ को तालिम लिएकी हुन् ।

सन् २०१७ मा ‘बिपिपी ल स्कूल’ लिभरपुलबाट ‘लिगल प्राक्टिस कोर्स’ (एलपिसी) गरेकी उनले अर्को वर्ष सन् २०१८ मा ‘एभरशेड सोलिसिटर्स’ बर्मिङहममा ‘प्यारा लिगल’ को तालिम लिएकी थिइन् । लिभरपुलबाट बिजनेस स्टडिजमा मास्टर्स गर्दै गरेकी रेबेकाले सन् २०१९ देखि ‘बाराट एन्ड को’ ल फर्म रेडिङबाट दुई बर्षे ट्रेनी सोलिसिटरको अनुभव लिएकी छन् ।

रेबेकाको जन्म १० जुलाइ १९९४ मा बेलायती सैनिक अस्पताल, हङकङमा भएको थियो । उनले सन् १९९५ मा हङकङ छाडेदेखि ५ वर्ष काठमाडौँमा बिताएर सन् २००० मा बेलायत आएकी थिइन् । अध्ययनको क्रममा बेलायतको विभिन्न शहरमा बसाई सरेकी उनी अहिले अक्सफोर्डसायरको बानबुरी गाउँमा बस्दै आएकी छिन् ।

रेबेकाको परिवारमा बाबु भीम, आमा तारा र दाजु जेशन छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!