काठमाडौं वैशाख २४ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ९ हजार १ सय ९६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
१९ हजार ९ सय ८७ जनाको पिसिआर परीक्षण गर्दा ९ हजार ३२ र ४ सय ९५ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय ७३ जना गरी ९ हजार १ सय ९६ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या ७८ हजार ६ सय २९ जना पुगेको छ । जसमध्ये ७२ हजार ७ सय ६९ जना होम आइसोलेसनमा छन् भने ५ हजार ८ सय ६० जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
बितेको २४ घण्टामा कोरोनाकै कारण ५० जनाको मृत्यु भएको छ ।






