कोरोना खोप खरिदमा भ्रष्टाचार गर्नेलाई कार्वाही गर्न देउवाको माग

SHARE:

काठमाडौं ।

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेबरहादुर देउवाले कोरोना खोप खरिदको भ्रष्टाचारमा संलग्नलाई कडा कारवाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।

शुक्रबार प्रेस विज्ञप्ति देउवाले जारी गर्दै जनताको जीवन रक्षा गर्ने औषधिमा पनि भ्रष्टाचार गर्नु अमानवीयता, अनैतिकता र गैरजिम्मेवारको पराकाष्ठा र जनता विरुद्धको अक्षम्य अपराध भएको जनाए । यस्तै देउवाले जनताको जीवन रक्षा गर्नका लागि देशभरि आवश्यक अक्सिजन, आईसीयू बेड, खोप लगायतका औषधीको तत्काल व्यवस्था गर्न माग गरे । देशभरिका अस्पतालहरुमा कोभिड संक्रमितका लागि अत्यावश्यक अक्सिजन, भेन्टिलेटर सहितका आइसीयू बेड र औषधिको नितान्त अभाव भएको देउवाको भनाइ छ ।

अक्सिजन नपाएर बिरामी छट्पटाएर मर्नु परेको र अस्पतालमा बेड खोज्दै घरमा, बाटैमा र एम्बुलेन्समा ज्यान गुमाउनु परेको देउवाले बताए । कोभिड–१९ को यति लामो समयसम्मको निरन्तर प्रकोपका बाबजूद सरकारले नियन्त्रण र रोकथामको कुनै व्यवस्था नगर्दा यो अवस्था आएको काँग्रेसको ठहर छ ।

कोरोना नियन्त्रण र रोकथामका उपाय अपनाउन पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सरकार सचेत एवं गम्भीर नभएको देउवाको जिकिर छ । उनले देशमा व्याप्त यस विषम घडीमा सबैमा स्वास्थका मापदण्ड अपनाउन, आफू र आफ्नो परिवारलाई सुरक्षित राख्न अनुरोध गरेका छन् । साथै उनले पार्टीका सदस्य तथा शुभेच्छुकलाई स्वास्थ सुरक्षाका मापदण्ड अपनाउँदै संकटमा परेकालाई सक्दो सहयोग गर्न अपील गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!