अल्डरसट विलिङटन वार्डको काउन्सिलर पदमा समाजसेवी जीव बेल्वासे निर्वाचित

SHARE:

लन्डन वैशाख २४ । बेलायतको अल्डरसट विलिङटन वार्डमा कन्जरभेटिभ पार्टीका उम्मेदवार एवं समाजसेवी जीव बेल्वासे काउन्सिलर पदमा विजयी भएका छन् ।

शुक्रबार बेलुकी सार्वजनिक परिणाम अनुसार बेल्वासे ५ सय ८७ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी लेबर पार्टीका उम्मेदवारले मात्र ४ सय २ मत पाए भने अर्का प्रत्यासीले ८१ मत प्राप्त गरेका थिए ।

निर्वाचन कमिटीका अनुसार बेल्वासे उम्मेदवार रहेको वडामा पोस्टल र प्रत्यक्ष गरी जम्मा १ हजार ७९ मत खसेको थियो । बेल्वासे निर्वाचित भएको वडामा यसअघि पनि कन्जरभेटिभ पार्टीका तर्फबाट नेपाली समुदायका प्रवेश केसी काउन्सिलर थिए ।

काउन्सिलर निर्वाचित बेल्वासेले लामो समयदेखि रश्मोर क्षेत्रमा स्थानीय नेपाली र बेलायती समुदायसंग नजिक रहेर काम गर्दै आएका छन् ।

अर्घाखाँची जिल्लाको दुर्गम गाउँ भूमिकास्थान गाउँपालिकाका बेल्वासे सन् २००१ देखि बेलायत बसाई थालेका बेल्वासे त्यसअघि नेपालमा नेपाल प्रहरीमा अधिकृतको जागिरे थिएँ । बेलायतमा गैरआवासीय नेपाली संघ (एनआरएनए यूके) मा (२००५) मा आबद्ध भएर तीन कार्यकाल काम गरे । प्रवक्ताको जिम्मेवारी पनि सम्हाले । उनी बेलायतवासी नेपालीहरुको साझा संस्था ग्रेटर रसमुर नेपाली कम्युनिटीमा पनि २००३ देखि नै आबद्ध थिए । उनी ग्रेटर रसमुर नेपाली कम्युनिटीका निवर्तमान अध्यक्ष हुन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!