काठमाडौं वैशाख २५ ।

नेकपा माओवादी केन्द्रले संवैधानिक परिषद् बैठक स्थगित गर्न माग गरेको छ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतवार बस्न लागेको संवैधानिक परिषदको बैठक स्थगित गर्न माग गरेका हुन् । प्रचण्डले शनिबार वक्तव्य जारी गर्दै प्रमुख प्रतिपक्षका नेता शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटाले बैठकमा भाग नलिने निर्णय गरिसकेको स्थितिमा स्थगित गर्न सरकारलाई आग्रह गरेका हुन् ।
दाहालले संवैधानिक परिषदको बैठकमा नजान प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनालाई पनि आग्रह गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबारका लागि संवैधानिक परिषद्को बैठक बेलाएका छन्। उक्त बैठकलाई सभामुख अग्निप्रसाद सापकोटाले यसअघिबाट नै बहिष्कार गरिरहेका छन् ।
बैठकमा प्रमुख प्रतिपक्षी नेता देउवा पनि नजाने भएका छन्। देउवाले पनि अन्य सदस्यहरुलाई बैठकमा नजान भनेका छन्।






