एमालेका झलनाथ-माधव समूहका सांसदले प्रधानमन्त्री ओलीलाई विश्‍वासको मत नदिने

SHARE:

काठमाडौं वैशाख २७ । नेकपा(एमाले) वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहका सांसदहरुले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएका छन् ।

सोमबार प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रतिनिधिसभा बैठकमा खनाल-नेपाल समूहका सांसदहरु अनुपस्थित हुने भएका हुन् ।

सिंहदरबारस्थित संसद् भवनमा बसेको सो समूहको बैठकले प्रधानमन्त्री ओलीले संविधान मिचेर प्रतिनिधिसभाको विघटन गरेको, राजनीतिक दललाई विभाजन गराउन खोजेको र भ्रष्टाचारलाई बढावा दिएको आरोप लगाउँदै विश्वासको मत नदिने निर्णय गरेको हो ।

विश्वासको मत लिने एक दिन अगाडि अध्यादेशबाट संवैधानिक अङ्गमा नियुक्ति गरेको तथा लोकतन्त्रलाई कमजोर तुल्याएको आरोप लगाउँदै आफूहरुले उनलाई विश्वासको मत दिनुहुन्न भन्ने निर्णय गरेको र उनी प्रधानमन्त्रीबाट हट्नुपर्छ भन्ने माग गरेको नेता भीमबहादुर रावलले जानकारी दिए ।

सो समूहमा २२ जना प्रतिनिधिसभा सदस्य रहेको जनाइएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!