असन्तुष्ट पक्षलाई फकाउँदै एमाले अध्यक्ष ओली, नेपालसहित चार नेतामाथिको कारवाही फुकुवा

SHARE:

काठमाडौं वैशाख ३० । नेकपा (एमाले)ले नेता माधवकुमार नेपालसहित चार नेताको कारवाही फुकुवा गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको स्थायी कमिटी बैठकले नेपालसहित नेता भीमबहादुर रावल, घनश्याम भुसाल र सुरेन्द्रप्रसाद पाण्डेमाथिको कारवाही फुकुवा गरेको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

गत चैतमा स्पष्टीकरण सोधिएकामा चित्तबुझ्दो जवाफ नदिएको जनाई ती नेतालाई एमालेले छ महिनाका लागि पार्टीबाट निलम्बन गरेको थियो । उनका अनुसार बैठकले पार्टी एकताबद्ध बनाउने अधिकार प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!