कोरोना संक्रमणबाट नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णु गैरेको निधन

SHARE:

कठमाडौं वैशाख ३० ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णु गैरेको निधन भएको छ।

उनको कोरोना संक्रमणका कारण बिहीबार अपराह्न निधन भएको वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित कुमार श्रेष्ठले जानकारी दिए। नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि रहेका गैरे नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य पनि हुन्।

कोरोना संक्रमणका कारण थप जटिलता देखिएपछि उनलाई काठमाडौं मेडिकल कलेजमा भर्ना गरिएको थियो। त्यसअघि नै ह्याम्स अस्पतालमा भर्ना भएपनि आईसीयू बेड नपाएपछि उनलाई ६ दिन पहिले केएमसीमा सारिएको थियो। तर बिहीबार अपराह्न अस्पतालले उनको स्वास्थ्य अवस्थाबारे जानकारी गराएको महासचिव श्रेष्ठले बताए।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!