प्रधानमन्त्री ओलीद्वारा सपथ ग्रहण, मन्त्रीमा को-को नियुक्त भए ?

SHARE:

काठमाडौं वैशाख ३१ ।

प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीहरूले राष्ट्रपति कार्यालय शीलतनिवासमा शुक्रवार आयोजित विशेष समारोहमा शपथ लिएका छन् ।

प्रधानमन्त्री ओलीले रक्षा मन्त्रालय आफैंसँग राखेका छन् । उपप्रधानमन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जिम्मेवारी दिइएको छ । त्यस्तै रामबहादुर थापा गृह, टोपबहादुर रायमाझी ऊर्जा, विष्णु पौडेल अर्थ, प्रदीप ज्ञवाली परराष्ट्र, हृदयेश त्रिपाठी स्वास्थ्य, लेखराज भट्ट उद्योग र कृष्णगोपाल श्रेष्ठ शिक्षा मन्त्रीमा दोहोरिएका छन् ।

यसैगरी प्रभु साह शहरी विकास, भानुभक्त ढकाल पर्यटन, मणि थापा खानेपानी, पद्मा अर्याल कृषि, वसन्त नेम्वाङ भौतिक पूर्वाधार, गौरीशंकर चौधरी श्रम, पार्वत गुरुङ सञ्चार, शिवमाया तुम्बाहाङ्फे भूमि व्यवस्था, लीलानाथ श्रेष्ठ कानून, गणेश ठगुन्ना संघीय मामिला तथा सामान्य प्रशासन, प्रेम आले वन तथा वातावरण, जुली महतो महिला बालबालिका र दावा लामा तामाङ युवा तथा खेलकुद मन्त्री बनेका छन् ।

नवराज रावत स्वास्थ्य राज्यमन्त्री, रामवीर मानन्धर शहरी विकास राज्यमन्त्री र विमला विक उद्योग राज्य मन्त्रीमा दोहोरिएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!