सक्दो चाँडो नेपालमा अक्सिजन कन्सन्ट्रेटर पुर्‍याउने कोसिस गर्छौं : एनआरएनए यूके अध्यक्ष गुरुङ

SHARE:

लन्डन जेठ २ । गैर आवासीय नेपाली संघ एनआरएनए यूकेकी अध्यक्ष पुनम गुरुङले बेलायतस्थित सबै नेपाली संघसंस्थासँग समन्वय गर्दै नेपालमा सक्दो चाँडो अक्सिजन कन्सन्ट्रेटर पुर्‍याउने कोसिस गर्ने बताएकी छन् ।

शनिबार लन्डनस्थित नेपाली राजदूत लोकदर्शन रेग्मी समेतको रोहबरमा भएको आपतकालिन बैठकमा अक्सिजन कन्सन्ट्रेटर सहयोग पठाउने घोषणा गरिएको हो । एनआरएनए यूकेले कोभिड १९ महामारीबाट ग्रस्त नेपालमा सय अक्सिजन कन्सन्ट्रेटर पठाउने तयारी गरेको छ । शनिबारको आपतकालीन बैठकबाटै उपस्थित संघसंस्थाका प्रतिनिधिले ६४ वटा कन्सन्ट्रेटर बराबरको सहयोग प्रतिबद्धता गरिसकेका छन् ।

बैठकमा सहभागीहरुले संस्थागत तथा व्यक्तिगतरुपमा समेत अक्सिजन कन्सन्ट्रेटर किन्न सहयोग गर्ने घोषणा गरेका थिए । एउटा अक्सिजन कन्सन्ट्रेटर किन्न करिब ७ सय डलर पर्ने जनाइएको छ । आपतकालीन सहयोगको अभियानमा सहयोग गर्ने दूतावास एवम् सबै संघसंस्थाप्रति अध्यक्ष गुरुङले आभार प्रकट गरिन् ।

महासचिव फडिन्द्र भट्टराईले सञ्चालन गरेको बैठकमा आइसीसी महासचिव डा. हेमराज शर्मा, पूर्व अध्यक्षहरु सूर्य गुरुङ, कुल आचार्य, महेन्द्र कंडेल र योगकुमार फगामी, युरोप उपसंयोजक कृष्ण तिमल्सेना, बेलायतस्थित दर्जनौं नेपाली संघसंस्थाका प्रतिनिधि, काउन्सिलरहरु, सामाजिक अभियन्ताहरु लगायतको सहभागिता थियो ।

बैठकले नेपाललाई सहयोग जुटाउने तथा पठाउने प्रायोजनमा एनआरएनए यूकेकी अध्यक्ष पुनम गुरुङको अध्यक्षतामा एक ‘स्टेरिङ’ कमिटी निर्माणको घोषणा गरेको छ । समितिमा आइसीसी महासचिव डा. हेमराज शर्मा, युरोप उपसंयोजक कृष्ण तिमल्सेना, उपमेयर लक्ष गुरुङ, काउन्सिलर जीव बेल्वासे, एनआरएनए यूके संरक्षकहरु, महासचिव, कोषाध्यक्षसहितका पदाधिकारी पनि सदस्य रहनेछन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!