राजदूत रेग्मी भन्छन्- आदिवासी जनजाति पहिचानका लागि अभिभावक बनेर साथ दिनेछु

SHARE:

लन्डन जेठ २ । बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले आदिवासी जनजातिको पहिचानका लागि अभिभावक बनेर साथ दिने आश्वासन दिएका छन् ।

नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन), यूकेले दूतावास प्रमुखसँग राखेको भर्चुअल परिचयात्मक कार्यक्रममा राजदूत रेग्मीले नेपाली राष्ट्रियता चिनाउन आदिवासी जनजाति समुदायको सांस्कृतिक पहिचानले महत्व राख्ने उल्लेख गरे ।

निकट भविष्यमा आदिवासी जनजाति समुदायसँग सहकार्य गर्न इच्छुक रहेको उनको भनाइ थियो ।‘लकडाउन खुल्नेबित्तिकै दूतावासबाट स्वागत गर्नेछु । आदिवासी जनजातिका संगठनका प्रस्तावहरूउपर गम्भीर भएर काम गर्नेछु,’ राजदूत रेग्मीले भने । उनले विश्वका जनुसुकै कुनामा पुगे पनि नेपाली पहिचान कायम रहने बताउँदै साँस्कृतिक समुदायले दूतको काम गर्ने बताए ।

त्यस्तै, दूतावासका उपनियोग प्रमुखले नेपाली सँस्कृति जर्गेना गर्न प्रवासमा रहेका जनजाति समुदायको भूमिका महत्वपूर्ण रहेको बताइन् ।

कार्यक्रममा बोल्दै नेफिन यूकेका अध्यक्ष जंग सुनुवारले २१ राजदूतका रूपमा रेग्मीलाई स्वागत गर्दै बेलायतमा रहेका सबै समुदायका सांस्कृतिक पर्व, भाषा, पहिचानलाई सम्मान गर्न आग्रह गरे । उनले बेलायतसँगको कूटनीतिक सम्बन्ध स्थापना गर्नमा आदिवासी जनजाति समुदायको सबैभन्दा ठूलो योगदान रहेको बताए ।

कार्यक्रममा पूर्वअध्यक्ष सिरी लिम्बु, तुल छन्त्याल, पूर्वनेफिन सचिव भक्त दुरा, डा. सुमाया राई, सोलिसिटर उत्तरमान तिगेला, फोनिज यूके पूर्वअध्यक्ष विश्वासदीप तिगेला, किराया अध्यक्ष कल्पना राई, तामाङ सोसाइटी अफ यूके अध्यक्ष ज्ञान तामाङ, सल्लाहकार ज्ञाम गुरूङ, एकेन्द्र गुरूङ, रिम मगर, विष्णु जिमी, थर्क राना, गुणराज खायाखिम्, सीता पुर्जा पुन, लीला सेलिङ, दिलसिङ मेन्याङ्वो, अमित थेवे लगायतको उपस्थिति रहेको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!