लन्डन जेठ ३ । गैरआवासीय नेपाली संघ (एनआरएनए) स्कटल्यान्ड राज्यसमितिले १५ वटा अक्सिजन कन्सन्ट्रेटर नेपाल पठाउने भएको छ ।
कोभिड-१९ को दोस्रो लहरका कारण अक्सिजनको अभावमा कयौँले ज्यान गुमाउनु परेको अवस्थालाई ध्यानमा राख्दै कोभिड राहत समितिको आइतबारको बैठकले १० वटा अक्सिजन कन्सन्ट्रेटर मेसिन नेपाल पठाउने निर्णय गरेको हो । समितिका अनुसार दाताहरुले हालसम्ममा १५ वटा मेसीनका लागि सहयोग प्रदान गरेका छन् । ती मेसिनहरु गैरआवासीय नेपाली संघ युके तथा नेपाली राजदुतावाससंग सहकार्य गरी नेपाल पठाइने गैरआवासीय नेपाली संघ स्कटल्याण्ड राज्य समितिकै अध्यक्ष छबिलाल अर्यालले जानकारी दिएका छन् ।
हालसम्ममा स्कटल्याण्ड कोभिड राहत समितिका तर्फबाट £2500.00, एनआरएनए स्कटल्याण्ड समिति £ 1500.00, छबिलाल अर्याल (अध्यक्ष) £ 700.00, शिवकान्त खराल (सदस्य) £700.00, कृष्ण देवकोटा ( सल्लाहकार) £700.00, नेपाली युथ स्कटल्याण्ड (संयोजक कल्याण अर्याल)£ 1400.00 सहयोग प्राप्त भएको बताइएको छ ।






