नेपालमा थप ८ हजार २ सय ३ जनामा कोरोना संक्रमण पुष्टि, ६ हजार ८ सय ९१ संक्रमणमुक्त

SHARE:

काठमाडौं जेठ ४ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ६८९१ जना कोरोना संक्रमणमुक्त बनेका छन् ।

यससँगै देशभर कोरोना निको हुनेको संख्या ३ लाख ५२ हजार ४१४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या ४ लाख ७२ हजार ३५४ पुगेको छ । हाल कोरोना निको हुनेदर ७४.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८२०३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै १९६ जनाको संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । यसअघि सोमबार देशभर ९ हजार २४७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो भने २१४ जनाको मृत्यु भएको थियो ।

मंगलबार भने पीसीआर विधिबाट २०२८६ र एन्टिजेन विधिबाट ६९३ जनाको स्वाब परीक्षण भएकोमा कुल ८२०३ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयले हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख १४ हजार ५२९ पुगेको जनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!