सहारा हङकङका उपाध्यक्ष बिल तामाङको निधन

SHARE:

पोखरा जेठ ४ । सहारा हङकङका उपाध्यक्ष तथा फुटबल प्रशिक्षक बिल तामाङको मंगलबार बिहान पोखरामा निधन भएको छ ।

कोभिड १९ बाट संक्रमित भएका तामाङको उपचारको क्रममा निधन भएको हो । करिब १२ दिनअघि संक्रमणपश्चात् गण्डकी मेडिकल कलेज (जिएमसी)मा उपचारर्थ तामाङको मंगलबार बिहान ३:३० मा निधन भएको अस्पतालले जनाएको छ । सहारा क्लव पोखरामा प्रशिक्षकको रुपमा २०५८ सालबाट आवद्ध तामाङले हालै मात्र एफसी/एन्फा ‘ए’ लाइसेन्स प्राप्त गरेका थिए । कास्की मादी-१० छेलाङका हङकङ निवासी तामाङ नेपाल तामाङ घेदुङ हङकङका पूर्वकोषाध्यक्ष थिए ।

सन् २००१ देखि २००३ सम्म भारतको पटियालामा प्रशिक्षण लिएर फुटबल प्रशिक्षणमा ‘फर्ष्ट क्लास’ भएका उनी नेपाली फुटबल प्रशिक्षक ‘फर्ष्ट क्लास’ हुने पहिलो नेपाली फुटबल प्रशिक्षक समेत थिए ।

गत चैत ८ मा एफसी/ए लाइसेन्स प्राप्त गर्दा उनले पोखरा स्पोर्टस सँग कुरा गर्दै भनेका थिए–“हङकङमा बसेर पनि मैले नेपाली पासपोर्ट त्यागेको छैन, म आफ्नो जन्म भूमीमा केही गरेर देखाउन चाहन्छु, मलाई यसमा झिनो आशा अझै बाँकी छ ।” तर उनका यि भनाई सँगै नेपाली फुटबलका लागि उनी सँधैका लागि अस्ताए भने उनको असमायिक निधनले नेपाली फुटबलले भरोसा योग्य प्रशिक्षकको अवसान हुन पुगेको छ ।

सहारा क्लवमा प्रशिक्षकको रुपमा आवद्ध रहँदा धेरै पोखरेली फुटबल खेलाडी उत्पादनमा अहम भूमिका खेलेका ४५ वर्षिय तामाङका श्रीमती र एक छोरा रहेका छन । पोखरा १३ निवासी संगमटोल निवासी तामाङ गत फागुनमा हङकङबाट एफसी लाइसेन्सका लागि नेपाल आएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!