गण्डकीलाई अक्सिजन कन्सन्ट्रेटर पठाउन तमु धिं यूकेका अध्यक्ष हित काजीको पहलमा सहयोग संकलन

SHARE:

लन्डन जेठ ४ । तमु धिं यूकेले कोरोनाको दोस्रो लहरले नेपालमा अति नै संक्रामित भएको भन्दै गण्डकी प्रदेशलाई अक्सिजन कन्सन्ट्रेटर सहयोग गर्ने भएको छ ।

अक्सिजनको अभावमा नेपालीले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले तमुधिं ले मातृभूमिमा छिट्टै सहयोग पठाउन लागको हो । अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि अहिले अध्यक्ष हित काजी गुरुङको पहलमा सहयोग संकलन जारी रहेको तमुधिंका महासचिव परशु गुरुङले जानकारी दिए । उनका अनुसार मंगलबार साँझसम्म झन्डै सय जना दानवीरहरु सहयोग दिइसकेका छन् ।

सहयोग संकलन अभियानको अन्तिम मिति मे २९, २०२१ सम्ममात्र रहने तमुधिं यूकेले जनाएको छ । तमुधिंले संक्रमितको उपचारका लागि Oxygen Concentrator (जसले वायुमण्डलमा भएको अक्सिजनलाई प्रतिघण्टा १० लिटर Filter गरी बिरामीलाई inhalation गर्न मद्दत गर्दछ ।) सहयोग गर्नेछ । जसका लागि अध्यक्ष हित काजी गुरुङको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले रक़म संकलन गर्ने अभियान सुरू गर्ने निर्णय गरेको थियो ।

अध्यक्ष गुरुङका अनुसार संकलित आर्थिक सहयोगबाट सकेसम्म यही हप्ता चार्टर फ्लाइटमार्फत अक्सिजन कन्सन्ट्रेटर किनेर नेपाल पठाउने योजना रहेको छ । उनले नेपालमा अहिले अक्सिजन कन्सन्ट्रेटरजस्ता स्वास्थ्य उपकरणहरु बढी प्रभावकारी र उपयोगी हुने देखिएकोले यी उपकरणहरु चाँडै नेपाल पठाउने तयारी गरिएको प्रस्ट्याए ।

नेपालमा हुने विपतमा तमुधिं यूकेले सहयोग गर्दै आइराखेको छ । महाभूकम्पदेखि बाढी, पहिरो पीडित र गत साल लकडाउनको समयमा पनि तमुधिं यूकेले गण्डकी प्रदेशलाई स्वास्थ्य सामग्री र अक्सिजन मेसिन उपलब्ध गराएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!