पोखरा जेठ ५ ।

गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
२९ वैशाखमा मुख्यमन्त्रीमा दोस्रो पटक नियुक्त भएका मुख्यमन्त्री गुरुङले आज मन्त्रिपरिषद् विस्तार गरेका हुन् । मुख्यमन्त्री गुरुङले एमालेबाट सहभागी मन्त्रीलाई नै दोहोर्याएका छन् ।
यसअघिको सरकारमा सहभागी एमालेका किरण गुरुङ अर्थ मन्त्रालय, रामशरण बस्नेत भौतिक पूर्वाधार, नरदेवी पुन सामाजिक विकास र विकास लम्साललाई उद्योग, पर्यटन वन तथा वातावरण नै मुख्यमन्त्रीले निरन्तरता दिएका छन् । स्वतन्त्र निर्वाचित सांसद दीपक मनाङे पनि युवा तथा खेलकुद मन्त्रीमा दोहोरिएका छन् ।
बाँकी मन्त्री भने अहिलेलाई विना विभागीय मन्त्री तोकिएको र उनीहरूको जिम्मेवारी केही दिनमा टुङ्गो लगाइने मुख्यमन्त्री कार्यालयले बताएको छ । नवनियुक्त मन्त्रीले आजै पद तथा गोपनीयताको शपथ लिएका छन् ।






