नेपालमा कोरोना संक्रमणबाट थप २ सय ४६ जनाको मृत्यु, ८१७३ क्रमित थपिए

SHARE:

काठमाडौं जेठ ५ ।

नेपालमा कोरोना संक्रमणबाट थप २ सय ४६ जनाको मृत्यु भएको छ ।

यससँगै मृतकको कुल संख्या ५ हजार ६ सय ५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ८ हजार १ सय ७३ जनामा संक्रमण पुष्टि भएको छ । पीसीआरतर्फ ८ हजार ६४ र एन्टीजेनतर्फ १ सय ९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

काठमाडौं उपत्यकामा मात्र २ हजार ४ सय ८६ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये काठमाडौंमा १ हजार ९ सय ८८, ललितपुरमा २७० र भक्तपुरमा २२८ छन् ।

पछिल्लो २४ घण्टामा ७ हजार ९ सय ८९ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!